Poems

अमिलो मुलाको अचार

बाले सानै देखि नै सिकाएर होला

आफ्नो घांटीमा नै झुन्डिएको

” बाहुन रिसायो भने रावण हुन्छ रे !”

आफ्नो रिस फेरी नाकको टुप्पो मै छ !

कति मात्रै सहनु जस्तो लग्छ

अरुको कुरो सुन्ने फेरी खासै चलन पनि छैन

तेइ भएर होला, रिस पनि गोरुको जस्तै छ

फेरी सोच्न चाही सोचिन्छ, अनि आफ्नै गल्ति पत्ता लगाइञ्छ !

आज एउटा प्रण नै लिएँ,

रिस नदेखाउने, कसैलाई पनि,

आफुलाई बाहेक, अनि सोचे बरु सहिन्छ तेस्ता जाबा रिस,

लुकाइञ्छ तेस्लाई , अरु भाव सहित

अमिलो मुलाको अचार बनाउन ढक्कन कसे झैँ

कसिन्छ आफुलाई , छोपिन्छ सबै ,

ढक्कन खोलेको दिन चाही बरु ,

बसी खान नहुने पो हो कि?

Hi! I like writing about all sorts of stuff and sharing them. I am a full time Study Abroad Consultant by job and I also do a few public speaking events. I travel for my work and I absolutely love doing so. Subscribe so you don't miss out on my posts :) Cheers! Surit.

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *